पूर्वी नवलपरासीमा अघिल्लो आर्थिक वर्षभन्दा ४ अर्ब बढी राजश्व संकलन

श्रावण ४, २०८२

नवीन पौडेल

4 billion more revenue collection than the previous financial year in East Nawalparasi

What you should know

नवलपुर — पूर्वी नवलपरासीमा आर्थिक वर्ष २०८०/०८१ को भन्दा ४ अर्ब बढी राजश्व संकलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय कावासोतीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २५ अर्ब ४४ करोड राजश्व संकलन भएकोमा २०८१/०८२ मा २९ अर्ब ९५ करोड राजश्व संकलन भएको हो । 

अन्त शुल्कतर्फ  २८ अर्ब ६५ करोड, आयकर तर्फ  ६८ करोड ५० लाख, मूल्य अभिवृद्धितर्फ ५० करोड राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय कावासोतीका सूचना अधिकारी सरोज कुमार ढकालले बताए । 

यसै गरी स्वास्थ्य सेवातर्फ २ करोड, ८५ लाख, घर बहालतर्फ १ करोड १४ लाख र ब्याज ६ करोड ८३ लाख संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ३७ अर्ब ७७ करोड ९५ लाखको राजश्व संकलनको लक्ष्य दिएको थियो । लक्ष्य प्राप्त नभएपनि अघिल्लो आर्थिक वर्षकोभन्दा राजश्व बढी संकलन भएको हो । 

आयकरतर्फ ७६ प्रतिशत र घरभाडा करमा ३६ प्रतिशत लक्ष्य प्राप्त भएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully