काठमाडौँ — सेयर बजारमा बुधबार ४ करोड ३१ लाख ११ हजार ४ सय १६ कित्ता सेयर किनबेच भएको छ । यस दिन ९९ हजार ५ सय ५ पटक सेयर किनबेच भयो । यसबाट १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर संख्याका आधारमा बुधबार सनराइज ब्लुचिप फन्ड, प्रभु स्मार्ट फन्ड, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २, कुमारी सबल योजना र एचआईडीसीयल सबैभन्दा धेरै कित्ता सेयर कारोबार हुनेमध्ये मुख्य ५ कम्पनी बने ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी सबैभन्दा अघि छ । उक्त कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा राधी विद्युत् कम्पनी छ ।
अघिल्लो दिनको तुलनामा १.२५ प्रतिशतले बढेपछि नेप्से २ हजार ७ सय ९४.७८ बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन ३४.४६ अंकले बढेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
