काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७५.८४ ले बढेको छ । २ दशमलव ७१ प्रतिशतले नेप्से बढ्दा २८ सय ७० दशमलव ६३ विन्दुमा उक्लिएको छ । कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ९ कम्पनीको मात्रै मूल्य घट्यो ।
साताको अन्तिम कारोबार दिन बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन २०८१ भदौ ११ यताकै उच्च कारोबार हो । नेप्सेका अनुसार १ लाख ४१ हजार ४३४ पटकको कारोबारबाट ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच भएको छ ।
ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । शुभम पावरको ९.९९, थ्री स्टार हाइड्रोपावरको ९.९९, इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावर (सर्वसाधारण)को ९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
एनआईबीएल स्टेबल फन्ड, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, रिलायबल समृद्धि योजना, मुक्तिनाथ म्यूचअल फन्ड–१, केबीएल डिबेञ्चर (२०८९) को सेयर मूल्य घट्यो ।
