२० वटै वाणिज्य बैंकले घटाए निक्षेपको ब्याज, ऋणको पनि घट्यो

असार ३२, २०८२

कान्तिपुर संवाददाता

All 20 commercial banks reduced the interest on deposits and loans

काठमाडौँ — साउन महिनाका लागि सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले बुधबार प्रकाशित गरेको ब्याजदर सूचीअनुसार साउनका लागि २० वटा वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १५ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

तर, चार वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर घटाएपनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छनैन । एउटा बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

नयाँ ब्याजदरअनुसार साउन महिनाका लागि वाणिज्य बैंकमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर अधिकतम ५.६९ प्रतिशत र न्यूनतम ३.६०४ प्रतिशत कायम भएको छ । असारमा यस्तो ब्याजदर अधिकतम औसत ५.९४ प्रतिशत र न्यूनतम ३.८९१ प्रतिशत छ ।

यस्तै, वाणिज्य बैंकहरुमा साधारण निक्षेपको औसत ब्याजदर अधिकतम ३.९५५ प्रतिशत र न्यूनतम २.७७१ प्रतिशत कायम भएको छ । यही असारमा यस्तो ब्याजदर अधिकतम ४.३५३ प्रतिशत र न्यूनतम ३.०११ प्रतिशत रहेको छ । यसरी निक्षेपको ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्ने भएकाले ऋणको ब्याजदर पनि स्वत: घटेको छ । 

कान्तिपुर

Link copied successfully