काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३४.४६ अंकले बढेको छ । एक दशमलव २६ प्रतिशतले बढेर नेप्से २७ सय ६० दशमलव १७ विन्दुमा उक्लिएको छ । सोमबार ३५.०९ अंकले नेप्से घटेको थियो ।
कुल २०९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३९ कम्पनीको मूल्य घट्यो । कुल ७४ हजार ५७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच भए । सबै उपसमूहहरु बढ्यो ।
निर्जीवन बिमा, बिमा, होटल तथा पर्यटन, विकास बैंकलगायतमा लगानीकर्ताको आकर्षण रह्यो । सामुहिक लगानी कोष स्थिर रह्यो ।
