सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Gold prices steady, silver down

काठमाडौँ — सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४ सय रुपैयाँले वृद्धि भई सोमबार एक लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो । 

त्यसैगरी, एक तोला चाँदीको मूल्य दुई हजार २७५ रुपैयाँकायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully