बैकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Banking Sector Reform Suggestion Task Force Submitted Report

काठमाडौँ — बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेको कार्यदलले सोमबार गभर्नर विश्वनाथ पौडेलसमक्ष प्रतिवेदन बुझाएको हो ।

गभर्नर पौडेलले एक महिनाअघि राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझावका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले गत मंगलबार असार २४ मा प्रारम्भिक प्रतिवेदन बुझाएकामा आज अन्तिम प्रतिवेदन बुझाएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully