२९ अंकले बढ्यो नेप्से

असार २९, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 29 points

काठमाडौँ — साताको पहिलो दिन नेप्से २९ अंकले बढेको छ । आइतबार एक दशमलव शून्य ६ प्रतिशतले बढेर नेप्से २७ सय ६० दशमलव ८० विन्दुमा उक्लिएको छ  । 

कुल १५८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९० कम्पनीको मूल्य घट्यो । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको थियो । यसले सेयर बजारमा ठूलै उत्साह ल्याउने अपेक्षा गरिए पनि नेप्सेमा देखिएन । 

बजार खुल्नासाथ नेप्से २९ सय ९७ दशमलव ५८ विन्दुमा पुगेको फर्किएको थियो । कुल १ लाख ५ हजार ४१५ पटकको कारोबारबाट ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच भयो ।

समग्र नेप्से परिसूचक बढेपनि जलविद्युत्, लगानी, निर्जीवन बिमा अन्य र व्यापार उपसमूह घटेको छ ।

कान्तिपुर

Link copied successfully