काठमाडौँ — अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् ।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् । यसअघि २ हजार ५ सय डलर बराबर सुविधा पाउने व्यवस्था थियो ।