काठमाडौँ — चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थमन्त्रालयले बिहीबार तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको हो ।
गत वर्ष अर्थतन्त्रको आकार ५७ खर्ब रुपैयाँको थियो । चालु वर्ष ६१ खर्ब रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
राजस्व संकलनमा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा १ खर्ब ८ अर्ब रुपैयाँले बढी राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ । गत वर्ष ९ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व उठाएको सरकारले चालु आर्थिक वर्ष १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व उठाएको जनाएको छ ।
अर्थ मन्त्रायले पूँजीगत खर्चमा समेत वृद्धि भएको जनाएको छ । यही असार २६ सम्म २ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको हो । जुन गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले बढी रहेको छ ।
सरकारले निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ भएको दाबी गरेको छ । अथिल्ला वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ । भुक्तानीको समस्या साम्य भएको सरकारको दाबी छ ।
