काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २५.८९अंकले बढेको छ । शून्य दशमलव ९५ प्रतिशतले बढेर २ हजार ७ सय ३१ दशमलव ८० विन्दुमा उक्लिएको छ ।
कुल १६१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्यो ।
नेप्सेका अनुसार ८८ हजार ६१५ पटकको किनबेचबाट ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ । कुल २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच भए ।
जलविद्युत् र व्यापारबाहेक बाँकी उपसमूह बढ्यो ।
ई खोला हाइड्रोपावरको ८.१५, मान्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रो डेभलपमेन्ट कम्पनीको ६.५२ र सानिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढ्यो।
कर्पोरेट डेभलपमेन्टको ९.९२, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ६.४७, सिन्धु विकास बैंकको ४.३९, पञ्चकन्या माई हाइड्रोपावरको ४.३५ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३.६७ प्रतिशतले मूल्य घट्यो।
