नेप्से लगभग स्थिर, साढे ६ अर्बको सेयर किनबेच

असार २४, २०८२

कान्तिपुर संवाददाता

NEPSE almost flat, 6.5 billion shares bought and sold

काठमाडौँ — अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ०.१४ अंकले ऋणात्मक बने पनि लगभग स्थिर अवस्थामै बन्द भएको छ । 

आज समग्र नेप्से २ हजार ६ सय ८७.६३ अंकमा बन्द भएको हो ।

सोमबारको तुलनामा मंगलबार नेप्सेमा शून्य प्रतिशतले परिवर्तन भएको छ । सोमबार नेप्से २२ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएकामध्ये १३३ कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटाको घट्यो ।

५६ हजार २ सय ७६ वटा कारोबारबाट १ करोड ५० लाख २७ हजार  ३७२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५७ करोड ४१ लख रुपैयाा बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

कान्तिपुर

Link copied successfully