बजार भाउ औसत २.७२ प्रतिशत मात्र, घ्यु तथा तेल सबैभन्दा महँगो

असार २४, २०८२

कान्तिपुर संवाददाता

Average market price is only 2.72 percent, ghee and oil are the most expensive

काठमाडौँ — सर्वसाधारणले खरिद गर्ने सामानको मूल्य वृद्धिदर (मुद्रास्फीति) गत जेठमा औसत २.७२ प्रतिशत रहेको छ ।

गत वर्षको सोही महिनामा यस्तो वृद्धिदर ४.१७ प्रतिशत थियो । गत वैशाखको तुलनामा पनि जेठमा मूल्य वृद्धिदर घटेको हो ।

गत जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैर–खाद्य तथा सेवाको ३.९४ प्रतिशतले मात्र बढेको छ । गत वर्षको जेठमा यी समूहहरूको ममूल्यवृद्धि  क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको मूल्यवृद्धि १०.०६, गैरमदिराजन्य पेय पदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।

तर, तरकारी उपसमूहको मूल्यवृद्धि ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ९.४३, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२, शिक्षाको ५.८८, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully