सामान्य अंकले बढ्यो नेप्से, साढे ९ अर्ब रुपैयाँको कारोबार

असार २२, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by normal numbers, turnover of 9.5 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेको छ । नेप्से विन्दु २ हजार ७ सय ६ दशमलव ३६ विन्दुमा उक्लिएको छ । कुल ८७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको मूल्य घट्यो । 

 कुल ८७ हजार ३९८ पटकको सेयर किनबेचबाठ ९ अर्ब ५०  करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.७०, माथिल्लो हेवा खोलाको ५.१८ र जानकी फाइनान्स कम्पनीको ४.९१ प्रतिशतले सेयर मूल्य बढ्यो । 

बैंकिङ, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूह बढ्यो भने बाँकी उपसमूहहरु घट्यो । 

कान्तिपुर

Link copied successfully