नेप्से वृद्धिमा निरन्तरता, साढे ९ अर्ब रुपैयाँको कारोबार

असार १९, २०८२

कान्तिपुर संवाददाता

Continuation of NEPSE growth, turnover of 9.5 billion rupees

काठमाडौँ — नेप्से परिसूचक ९.१४ अंकले बढेको छ । शून्य दशमलव ३३ प्रतिशतले बढेर २७ सय ३ दशमलव ८६ विन्दुमा उक्लिएको छ । पछिल्ला पाँच कारोबार दिन यता नेप्से निरन्तर बढीरहेको छ ।

कुल १२२ कम्पनीको सेयर मूल्य बढ्यो भने १२५ कम्पनीको मूल्य घट्यो । 

कुल ९६ हजार ४११ पटकको कारोबारबाट २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उपसमूह घट्यो । सबैभन्दा बढी जिवन बिमा ३४५.८८ अंक र निर्जीवन बिमा २७९.१९ अंकले बढेको छ । 

नेपाल फाइनान्स कम्पनीको ९.९८, खानीखोला हाइड्रोपावरकफ ७.१७, समृद्धि फाइनान्स कम्पनीको ७.०८, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.७८ र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले सेयर मूल्य बढ्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully