काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २८.९१ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १.०९ प्रतिशतले बढेसँगै नेप्से २ हजार ६ सय ६० दशमलव ३९ विन्दुमा उक्लिएको हो। अघिल्ला दुई दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो।
सो दिन कारोबारमा आएकामध्ये २ सय १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको घटेको छ।
मंगलबार ७० हजार २ सय १४ पटकको कारोबारमा १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच भएको हो। ती किनबेचमा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो। सोमबार ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो।
