काठमाडौँ — नेप्से परिसूचक ९.१९ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ४८ विन्दुमा उक्लिएको छ । सोमबार शून्य दशमलव ३५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
कुल १४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १०३ कम्पनीको मूल्य घट्यो । कुल ६३ हजार ३७१ पटकको किनबेचबाट ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ४१ लाख ७२ हजार ५२५ कित्ता सेयर किनबेच भयो ।
कुल १३ उपसमूहमध्ये फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूह घटेको छ । उत्पादन तथा प्रशोधन, जीवन बिमा, निर्जीवन बिमालगायत उपसमूहहरु बढ्यो ।
राप्ती हाइड्रड्ड एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो । धौलागिरी लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१ र सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशतले सेयर मूल्य बढेको हो ।
पञ्चकन्या माई हाइड्रोपावरको ४.९२, ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावर कम्पनीको ३.७५, पाँचथर पावर कम्पनीको ३.४९ र कालिका पावर कम्पनीको ३.४२ प्रतिशतले सेयर मूल्य घट्यो ।
