काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.५३ अंकले बढेको छ । एक दशमलव शून्य २ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय २२ दशमलव २८ विन्दुमा उक्लिएको हो । गत मंगलबारयता निरन्तर नेप्से घटिरहेको थियो ।
कुल १८५ कम्पनीको मूल्य बढ्यो भने ६३ कम्पनीको सेयर मूल्य घट्यो । कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै ३९.४५ अंकले घट्यो । बाँकी सबै उपसमूहहरु बढे ।
कुल ७४ हजा ७५२ पटकको सेयर किनबेचबाट ७ अर्ब १२ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच भयो ।
सप्तकोशी विकास बैंक ९.९९,बिन्दाबासीनि हाइड्रोपावरको ८.९७, माछापुछ्रे बैंक डिबेञ्चर २०८५ को ८.१०,ग्रिन भेञ्चरको ६.९५ र त्रिशुली जलविद्युत्को ५.९२ प्रतिशतलेसेयर मूल्य बढ्यो ।
