असार १३ सम्म १२ प्रतिशत रोपाइँ, बढी धान फल्ने मधेशमै सुरु भएन

असार १३, २०८२

कान्तिपुर संवाददाता

Till June 13, 12 percent planting did not start in Madhesh, which produces more rice

काठमाडौँ — मुलुकभर १२.३३ प्रतिशत धान रोपाइँ भएको छ । वर्षेधान १३ लाख ९५ हजार २ सय ७ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये १ लाख ७२ हजार हेक्टरमा रोपाइँ भएको छ । 

समयमै वर्षा नहुँदा बढी धान फल्ने मधेश प्रदेशमा रोपाइँ नै हुनसकेको छैन । मधेशमा ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ । तर असार १३ सम्म रोपाइँ भएको तथ्यांक नआएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले जनाए ।

Till June 13, 12 percent planting did not start in Madhesh, which produces more rice‘मधेशमा मकै, चैते धान वाली लगाएकाले वर्षे धान रोपाइँ ढिला नै हुन्छ । रोपाइँ नगन्य नै छ,’ प्रमुख देवकोटाले भने, ‘मधेशमा असार १५ पछि धमाधम रोपाइँ हुन्छ ।’

केन्द्रको तथ्यांकअनुसार सबै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.४९ प्रतिशत,बागमतीमा २०.५३ प्रतिशत,कर्णालीमा २०.११ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा १३.७९ प्रतिशत,लुम्बिनीमा ९.६६ प्रतिशत,कोशी प्रदेशमा ५.९६ प्रतिशत रोपाइँ भएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully