काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ०.३३ अंकले ऋणात्मक बन्यो । अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय दशमलव २० अंकमा बन्द भएको छ । पछिल्ला तीन दिन यता नेप्से २६ सय अंकमै अडिग रहेको छ ।
सो दिन ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घट्यो भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
६१ हजार ८२४ पटकको कारोबारमा १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार ५ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, वित्त कम्पनी, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, व्यापार र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेको तथ्याङ्क छ ।
