काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव २२ अंकले घटेर २६ सय दशमलज ५३ विन्दुमा ओर्लिएको छ । कुल १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घट्यो ।
मंगलबार ६२ हजार ७५५ पटकको सेयर किनबेचबाट ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कुल १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच भयो ।
उत्पादन तथा प्रशोधन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र बैकिङ उपसमूह बढ्यो भने बाँकी सबै उपसमूहहरू घट्यो । ओम मेगाश्री फर्मासिटिकल्सको सेयर मूल्य ८.०१, हिमालयन पावर पार्टनरको ७.८७, खानीखोला हाइड्रोपावरको ५.९५, पियोर इनर्जीको ५.८४ र पाँचथर पावर कम्पनीको ४.८३ प्रतिशतले मूल्य बढ्यो ।
एनआईसी एसिया डेबेञ्चर (२०८५/०८६) को ५.१७, दोर्दी खोलाको ४.३२, थ्रि स्टार हाइड्रोपावरको ३.१२, वरुण हाइड्रोपावरको ३.११, त्रिशूली जलविद्युत् कम्पनीको २.८१ प्रतिशतले घट्यो ।
