अघिल्लो बिहीबार ४४ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बिहीबार ४३ खर्ब ७९ अर्ब ९० करोड रुपैयाँ कायम
काठमाडौँ — गत सातामै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) समेत खुम्चिएको छ । सो अवधिमा नेप्से परिसूचक २६.४७ अंकले घट्दा सेयर बजारको आकार ४३ अर्ब रुपैयाँले खुम्चिएको हो । नेप्से ओरालो लाग्दा कम्पनीहरूको सेयर मूल्य पनि घट्ने भएकाले कुल बजार पुँजीकरण ४३ अर्ब १३ करोड ३४ लाख रुपैयाँले घटेको छ ।
कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी हुनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको तथा सेयर बजारको आकार खुम्चिएको रूपमा विश्लेषण गरिएको हो ।
अघिल्लो बिहीबार ४४ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत बिहीबार ४३ खर्ब ७९ अर्ब ९० करोड रुपैयाँ कायम भएको नेप्सेको तथ्यांक छ ।
गत साताभर ५२ अर्ब ६० करोड ८ लाख रुपैयाँको सेयर कारोबारबाट १२ करोड ८२ लाख ९४ हजार ८५९ कित्ता सेयर किनबेच भएको छ । साताको पहिलो दिन शून्य दशमलव ४७ अंक र सोमबार २.८० अंकले नेप्से बढेको थियो । त्यसपछिका तीन कारोबार दिन नै नेप्से घट्यो । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २४.७६ अंकले घटेको थियो । पछिल्ला दिनमा अपेक्षित रूपमा नेप्से बढ्न नसक्नुमा लगानीकर्ताले आगामी मौद्रिक नीति पर्खेको हुन सक्ने जानकारहरू बताउँछन् । गत साताभर नेप्से घटे पनि जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । सेयर मूल्य बढ्ने कम्पनीहरूमा जलविद्युत् नै रह्यो । उच्च मूल्य बढ्ने र कारोबार रकमका आधारमा समेत जलविद्युत् कम्पनीहरू नै अघि रहेको देखिन्छ ।
गत साता पियोर इनर्जी लिमिटेडको ३१.७५, पञ्चकन्या माई हाइड्रोपावर १९.८७, युनियन हाइड्रोपावरको १८.९१, बुटवल पावरको १३.४६, जोशी हाइड्रोपावरको ११.९६, पिपुल्स पावरको ११.१७, बरुण हाइड्रोपावरको १०.७४, मध्य भोटेकोशी जलविद्युत्को ९.६२, सिंगटी हाइड्रोपावरको ८.८२ र शिव श्री हाइड्रोपावरको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।
गत साता फाइनान्स, विकास बैंक, जीवन बिमा, लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाए । जसअनुसार श्री इन्भेस्टमेन्ट फाइनान्सको १२.९५, ओम मेगाश्री फर्मासिटिकल्सको १०.७१, सप्तकोशी विकास बैंकको १०.२५, पिपुल्स् हाइड्रोपावरको ९.०३, सिन्धु विकास बैंकको ८.९२, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ८.७१, नेपाल हाइड्रो डेभलपर्सको ७.९९, सिक्लेस हाइड्रोपावरको ७.३० र युनिभर्सल पावर कम्पनीको ७.२१ र विन नेपाल लघुवित्तको ७.१५ प्रतिशतले सेयर मूल्य घटे ।
गत साता कारोबार रकमका आधारमा उच्च कारोबार गर्ने कम्पनीहरूमा समेत जलविद्युत् कम्पनीहरूले नै रह्यो । सानिमा माई हाइड्रोपावरको ३ अर्ब ७३ करोड ९ लाख, ङादी ग्रुप पावरको ३ अर्ब ४७ करोड, बुटवल पावरको २ अर्ब ८७ करोड २१ लाख, राधी विद्युत् कम्पनीको २ अर्ब ८ करोड १९ लाख, सिंगटी हाइड्रोपावरको २ अर्ब १ करोड १६ लाख, युनिभर्सल पावर कम्पनीको १ अर्ब ७१ करोड ७३ लाख, चिलिमे हाइड्रोपावरको १ अर्ब ४३ करोड ३९ लाख, सिनर्जी पावर डेभलपमेन्टको १ अर्ब २३ करोड १० लाख, सोल्टी होटलको १ अर्ब २१ करोड ८१ लाख र युनियन हाइड्रोपावरको १ अर्ब १९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
धेरै कमाउने १० कम्पनी
पियोर इनर्जी लिमिटेड : ३१.७५ प्रतिशत
पञ्चकन्या माई हाइड्रोपावर : १९.८७ प्रतिशत
युनियन हाइड्रोपावरको : १८.९१ प्रतिशत
बुटवल पावर : १३.४६ प्रतिशत
जोशी हाइड्रोपावर : ११.९६ प्रतिशत
पिपुल्स पावर : ११.१७ प्रतिशत
बरुण हाइड्रोपावर : १०.७४ प्रतिशत
मध्य भोटेकोशी जलविद्युत् : ९.६२ प्रतिशत
सिंगटी हाइड्रोपावर : ८.८२ प्रतिशत
शिव श्री हाइड्रोपावर : ६.५१ प्रतिशत
धेरै गुमाउने १० कम्पनी
श्री इन्भेस्टमेन्ट फाइनान्स : १२.९५ प्रतिशत
ओम मेगा श्री फर्मासिटिकल्स : १०.७१
सप्तकोशी विकास बैंक : १०.२५ प्रतिशत
पिपुल्पर हाइड्रोपावर : ९.०३ प्रतिशत
सिन्धु विकास बैंक : ८.९२ प्रतिशत
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स : ८.७१ प्रतिशत
नेपाल हाइड्रो डेभलपर्स : ७.९९ प्रतिशत
सिक्लेस हाइड्रोपावर : ७.३० प्रतिशत
युनिभर्सल पावर कम्पनी : ७.२१ प्रतिशत
विन नेपाल लघुवित्त : ७.१५ प्रतिशत
कारोबार रकमका आधारमा मुख्य १० कम्पनी
सानिमा माई हाइड्रोपावर : ३ अर्ब ७३ करोड ९ लाख
ङादी ग्रुप पावर : ३ अर्ब ४७ करोड
बुटवल पावर : २ अर्ब ८७ करोड २१ लाख
राधी विद्युत् कम्पनी : २ अर्ब ८ करोड १९ लाख
सिंगटी हाइड्रोपावर : २ अर्ब १ करोड १६ लाख
युनिभर्सल पावर कम्पनी : १ अर्ब ७१ करोड ७३ लाख
चिलिमे हाइड्रोपावर : १ अर्ब ४३ करोड ३९ लाख
सिनर्जी पावर डेभलपमेन्ट : १ अर्ब २३ करोड १० लाख
सोल्टी होटल : १ अर्ब २१ करोड ८१ लाख
युनियन हाइड्रोपावर : १ अर्ब १९ करोड २८ लाख
