अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको कि रुपन्देहीको मात्रै ?

असार ८, २०८२

कान्तिपुर संवाददाता

MP Modi's question to Finance Minister Paudel: Finance Minister of the country or only of appearance?

काठमाडौँ — माओवादी सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट ल्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् । 

सहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजना अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको मोदीको आरोप छ ।

‘आज उहाँ संसद्‍मा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने सहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? करचाहिँ सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ,’ मोदीको प्रश्न थियो । 

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully