११ महिनाको व्यापार घाटा : १४ खर्ब रुपैयाँ

असार ६, २०८२

कान्तिपुर संवाददाता

11 month business loss: 14 trillion rupees

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १८.८० प्रतिशतले वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।

निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको छ । गत आर्थिक वर्षको ११ महिनामा कुल व्यापारमा आयातको हिस्सा ९१‍.२६ प्रतिशत थियो भने निर्यातको हिस्सा ८.७४ प्रतिशत मात्रै थियो ।

चालु आर्थिक वर्ष निर्यातको हिस्सा बढेको छ भने आयातको हिस्सा घटेको छ । कुल वैदेशिक व्यापारमा निर्यातका हिस्सा १३.०८ प्रतिशत छ भने आयातको हिस्सा ८६.९२ प्रतिशत छ । 

कान्तिपुर

Link copied successfully