सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

असार ५, २०८२

कान्तिपुर संवाददाता

The information technology industry has opened the way for foreign investment

काठमाडौँ — सूचना प्रविधि उद्योगले विदेशीमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’को चौथो संशोधन मार्फत सूचना प्रविधि उद्योगलाई विदेशी लगानीका लागि बाटो खोलिदिएको हो ।

‘सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ विनियमावलीमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully