सुनको मूल्य बढ्यो

असार ४, २०८२

कान्तिपुर संवाददाता

The price of gold rose

काठमाडौँ — गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९ सय र चाँदी ६५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully