३.९० अंकले घट्यो नेप्से, साढे सात अर्ब रुपैयाँको कारोबार

असार ३, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 3.90 points, turnover of seven and a half billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३.९० अंकले घटेको छ । शून्य दशमलव १४ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा बन्द भएकोछ  । 

कुल ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४८ कम्पनीको मूल्य घट्यो । कुल ७० हजार ७७ पटकको किनबेचबाट ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १ करोड ६४ लाख ७ सय ७५ कित्ता सेयर किनबेच भयो । कुल १३ उपसमूहमध्ये जलविद्युत् ९.८५, लघुवित्त ५१.७७ र व्यापार ५.०४ अंकले बढ्यो । अन्य सबै उपसमूहहरु घट्यो । 

कान्तिपुर

Link copied successfully