काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.८० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१० विन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय ५८.६६ अंकमा उक्लेर बन्द भएको छ । आइतबार झिनो अंकले बढेको नेप्सेमा सोमबार झिनो अंकको सुधार देखिएको हो ।
सो दिन कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ वटाको घट्यो । सोमबार १ लाख ५ हजार ६ सय ३५ पटकको सेयर कारोबारमा ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । आइतबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक घट्यो । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
