‘बैंकिङ क्षेत्रको सुधारका लागि गठित कार्यदलले निकास दिनुपर्छ’

असार २, २०८२

कान्तिपुर संवाददाता

”The task force formed for the reform of the banking sector should give a solution”

काठमाडौँ — बैंक तथा वित्तीय संस्था परिसंघले  बैकिङ क्षेत्रका विद्यमान समस्या समाधान गर्न राष्ट्र बैंकद्वारा गठित सुझाव कार्यदलले उचित निकास दिने धारणा दिएको छ ।

परिसंघले जारी गरेको विज्ञप्तिमा नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको उल्लेख छ ।

‘सरोकारवालासँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्नुपर्ने देखिन्छ ।’

कार्यदलले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियामा सामेल भइ खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावका लागि आवश्यक सहयोग गर्न परिसंघ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully