१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा

असार २, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले असार २ (आज) देखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा नम्बर द३२ ०००००१ देखि प९४ ९९९९९९का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ टेन तथा मिति लेखिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully