पेट्रोलियम पदार्थको भाउ बढ्यो

असार १, २०८२

कान्तिपुर संवाददाता

The price of petroleum products increased

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्नेछ । 

The price of petroleum products increased

कान्तिपुर संवाददाता

Link copied successfully