तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

जेष्ठ ३०, २०८२

रासस

The price of gold increased by 4,200 per tola

काठमाडौँ — गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा १५ ले बढोत्तरी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ । 

गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

रासस

Link copied successfully