बैंकिङ क्षेत्र सुधारका लागि नेपाल राष्ट्र बैंकद्वारा तीन सदस्यीय कार्यदल गठन 

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

A three-member task force has been formed by Nepal Rastra Bank to reform the banking sector

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहने गरी 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन गरेको हो ।

उक्त कार्यदलको समयावधि एक महिनाको रहने गरी जिम्मेवारी प्रदान दिइएको छ । बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्नेलगायत छन् ।  

कार्यदललाई ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझाव, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने, र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक कार्यदेश दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully