नेप्से घटे पनि साढे १२ अर्बको सेयर कारोबार  

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Even though NEPSE decreased, share turnover of 12 and a half billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ७.१५ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ५७.३२ विन्दुमा ओर्लेर बन्द भएको छ ।

सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेको नेप्से बुधबार दोहोरो अंकले घटेको थियो । नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४९ वटाको घट्यो  । 

१ लाख २ हजार ८ सय ९५ पटकको सेयर कारोबारमा २ करोड ८६ लाख ७ हजार ६९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । 

कान्तिपुर

Link copied successfully