सुनको मूल्यमा १३ सयले वृद्धि, कतिमा हुँदैछ कारोबार?

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

The price of gold increased by 1300, how much is the transaction?

काठमाडौँ — मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार तीन सय र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully