२५ अंकले बढ्यो नेप्से

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 25 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.०७ अंकले बढेको छ । शून्य दशमलव ९४ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ७८.१७ विन्दुमा उक्लिएको छ ।

सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको थियो । कुल १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । कुल ८१ हजार ७३८ पटकको सेयर किनबेचबाट १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भए । सबै उपसमूहरुको मूल्य बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १५३.३२, जिवन बिमा १३९.५७, फाइनान्स १२०.२९ अंकले बढ्यो । 

पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully