सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

General decline in gold prices

काठमाडौँ — सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

सोमबार सोही परिमाणको पहेँलो धातु १ लाख ९० हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।

सोमबार एक तोला चाँदी रु दुई हजार १६५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully