सुनको भाउ तोलामै ३ हजार रुपैयाँ घट्यो

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

The price of gold fell by Rs 3,000 per tola

काठमाडौँ — सुनको भाउ आइतबार तोलामै ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाकै १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । 

सुनको भाउ सातामै गत सातामा ५ हजार २ सय रुपैयाँले बढेको थियो । गत साताको पहिलो दिन आइतबार प्रतितोला सुन १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने शुक्रबारको तुलनामा आइतबार ५ रुपैयाँले घटेको छ । शुक्रबार २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार २ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ । 

कान्तिपुर

Link copied successfully