११ अंकले घट्यो नेप्से

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 11 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.०६ अंकले घटेको छ । शून्य दशमलव ४१ प्रतिशतले घटेर २ हजार ६ सय २९ दशमलव ८९ विन्दुमा ओर्लिएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको मूल्य घट्यो  ।

नेप्सेका अनुसार ८६ हजार ६३६ पटकको किनबेचबाट ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भए ।

जलविद्युत् र होटल तथा पर्यटनबाहेक उपसमूह घट्यो ।  रिभर फल्स पावर लिमिटेड र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढ्यो ।

कान्तिपुर

Link copied successfully