सामान्य अंकले घट्यो नेप्से

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.९९ अंकले घटेको छ । शून्य दशमलव २२ प्रतिशतले घटेर २ हजार ६ सय ४० दशमलव ९६ विन्दुमा ओर्लिएको  छ ।

कुल ९४ कम्पनीको सेयर मूल्य बढ्यो, १५३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको स्थिर रह्यो ।

नेप्सेका अनुसार ७७ हजार ६७० पटकको किनबेचबाट ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच भए ।

जलविद्युत् र लगानी बाहेक उपसमूहहरु घट्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully