सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

जेष्ठ २२, २०८२

रासस

Moderate increase in gold prices, steady silver

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 

रासस

Link copied successfully