काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ११.९७ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ४६.९५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३५ अंकले घटेर बन्द भएको नेप्सेमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्यो भने १८१ वटाको घट्यो र १ वटा कम्पनीको स्थिर रहयो ।
५९ हजार १ सय ३० पटकको सेयर कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार सेयर बजारमा ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापारबाहेक सबैको परिसूचक घटे । सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.०८ र व्यापारको २१.०९ अंकले बढे ।
