काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
