काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३५.७३ अंकले घटेको छ । सोमबार झिनो अंकले बढेको नेप्से मंगलबार दोहोरो अंकले घटेको हो ।
एक दशमलव ३२ प्रतिशतले घटेर २ हजार ६ सय ५८ दशमलव ९३ विन्दुमा बन्द भएको छ ।
कुल ३४ कम्पनीको सेयर मूल्य बढ्यो भने २१४ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार ७५ हजार ५०८ पटकको किनबेचबाट ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भए ।
आज सबै उपसमूहहरु घटे । ओम मेगाश्री फर्मासिट्युकल्स र पियोर इनर्जीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो ।
