काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६० अंकले बढेको छ । शून्य दशमलव शून्य ५ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ९४ दशमलव ६६ विन्दुमा बन्द भएको हो ।
कुल ११५ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो ।
कुल ८३ हजार १६ पटकको कारोबारबाट ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच भयो ।
कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, फाइनान्स, विकास बैंक, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र अन्य उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूह भने घट्यो ।
