सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

जेष्ठ १८, २०८२

रासस

General increase in the price of gold and silver

काठमाडौँ — गत शुक्रबारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९८० निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

रासस

Link copied successfully