काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष कुल जडित विद्युत् क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको जनाएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्दै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको जनाएका हुन् ।
अर्थमन्त्री पौडेलले आजै दिउँसो ३ बजे संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दैछन् ।
