८ महिनामा ३ सय ५५ किमि नयाँ कालोपत्र सडक निर्माण 

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Construction of 355 km of new tarmac road in 8 months

काठमाडौँ — चालु आर्थिक वर्षको ८ महिनामा ३ सय ५५ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार समग्रमा अहिलेसम्म १९ हजार १ सय ६३ किमि कालोपत्र सडक निर्माण गरिएको जनाइएको हो ।

आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म मुलुकभर ८ हजार २ सय ४ किमि ग्राभेलस्तर, ८ हजार ७ सय ६५ किमि कच्ची गरी सडकको कुल लम्बाइ ३६ हजार १ सय ३२ किमि पुगेको छ ।

कान्तिपुर

Link copied successfully