८‍.५७ अंकले घट्यो नेप्से

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 8.57 points

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन नै सेयर कारोबार मापक नेप्से परिसूचक ८‍.५७ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३१प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७९.९८ विन्दुमा ओर्लिएको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ९९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १४८ वटाको घट्यो भने बाँकी १ वटा कम्पनीको स्थिर रहयो ।

कुल ७० हजार ६ सय १० पटकको कारोबारमा १ करोड ८५ लाख ५ हजार  ७७१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

लघुवित्त ११२‍.९९ र व्यापार ५.५९ अंकले बढेको छ । बाँकी सबै उपसमूहहरू घट्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully