सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

जेष्ठ ९, २०८२

रासस

The price of gold decreased by one thousand one hundred per tola

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार पाँचमा कारोबार भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

रासस

Link copied successfully